महान्याधिवक्ता अग्नि खरेलबाट राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलले आज दिउंसो पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनको क्रममा तीन वर्षको कार्यकालमा प्रधानमन्त्री ओलीसंगको सम्बन्ध राम्रो रहेको बताए ।

संसद विघटनको मुद्दा हारेपछि प्रधानमन्त्री केपी शर्मा ओली, खरेलसंग असन्तुष्ट थिए । पूर्व कानूनमन्त्री समेत रहनुभएका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति