काठमाडौं । काभ्रेपलाञ्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
बिहान १० बजेर ५ मिनेटमा जिल्लाको सिसाखानीमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अध्ययन केन्द्रले जानकारी दिएको हो । भूकम्पको धक्का जिल्लाका केही ठाउ“मा महसुस भएको छ । केन्द्रले ट्विट गरी भूकम्पबारे जानकारी दिएको हो ।
प्रतिक्रिया