आफ्नै साथीको दाउले काटेर हत्या गर्नेलाई यसरी समात्यो प्रहरीले

काठमाडौं । घरायसी तथा जग्गा जमिनको विषयलाई लिएर आफ्नै सहपाठीको हत्या गर्ने तीनलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलनमा जीतपुर सिमरा उपमहानगरपालिका–२३ भलुही बस्ने जाकिर हुसेनका १४ वर्षीय छोरा साहिद हुसेन मियालाई घरेलु हतियार दाउ प्रयोग गरी हत्या गर्ने जीतपुर सिमरा–२३ भलुही टोल बस्ने २५ वर्षीय क्यामुदिन मन्सुरी, सोही ठाउँ बस्ने २१ वर्षीय अफसान भनिने हमर हुसेन मिया हजाम र १९ वर्षीय आवेदिन मियालाई आज सार्वजनिक गरिएको हो ।

गत फागुन ११ गते घरबाट लागुऔषध खानका लागि बोलाई घाँटीमा डोरी प्रयोग गर्दै तीन जनाले ढुङ्गा र दाउले काटी हत्या गरेको स्वीकार गरिसकेको अनुसन्धान अधिकृत एवं प्रहरी प्रवक्ता गौतम मिश्रले बताए । पारिवारिक तथा जग्गाजमिनको आपसी विवादको विषयलाई लिएर हत्या गरिएको उनले जानकारी दिए ।

हत्या भएको १७ दिनपछि जीतपुर सिमरा–१० बेहरास्थित फोहर फाल्न गाडिएको डम्पिङसाइटमा सडी गलेको अवस्थामा शव फेला परेको प्रवक्ता मिश्रले जानकारी दिए । मृतक र हत्याका आरोपी सबै लागुऔषध सेवनकर्ता रहेको अनुसन्धानबाट खुलेको छ । हत्या भएको अघिल्लो दिन नै अभियुक्तले साहिदलाई मार्ने योजना बनाइसकेको र क्यामुदिनले आफ्नो घरबाट दाउ अगाडि नै घटना घटाउने ठाउँमा राखेर गएको बताइएको छ ।

पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले बताए । योभन्दा अगाडि पनि निजगढमा लागुऔषध प्रयोगका विषयमा झगडा हुँदा आफ्नै सहपाठीलाई हत्या गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति