काठमाडौं । चैत १५ देखि तोकिएभन्दा बढी भार बोक्ने यातायातका साधनलाई कारवाही गरिने भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले तोकिएभन्दा बढी भार बोक्ने यातायातका साधनलाई कारवाहीको दायरामा ल्याउने बताएको हो ।

यो योजना अन्तरगत भारवहन नियमन र नियन्त्रण गर्ने चितवनको आपटारी र महोत्तरीको बर्दिवासमा तौलपुल निर्माण भएको छ । चैत १५ गतेपछि सवारी साधनहरूले तोकिएभन्दा बढी भार बोकी सडकमा सञ्चालन गरेको पाइएमा सम्बन्धित स्थानमा नै सामग्री झारिने छ । यसबाट पर्ने नोक्सानीको जिम्मेवार व्यवसायी नै हुने विभागको भनाइ छ ।
प्रतिक्रिया