राष्ट्रपति भण्डारीको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं, ३ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबार सर्वदलीय बैठक बोलाएकी छन् ।आज दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि राष्ट्रपतिले दलका प्रमुख नेता र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेकी हुन् ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति