जसपाका मागमा प्रधानमन्त्री ‘सकारात्मक’, आज निर्णायक वार्ता हुँदै

काठमाडौ, २८ फागुन । सत्तारुढ नेकपा (एमाले)र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको छ ।

समाजवादीले उठाउँदै आएको संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्तालगायतका मागमा दुई दलबीच छलफल भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बिहीवारको वार्ता सकारात्मक भएको र आज पनि कार्यदलस्तरमा वार्ता जारी रहनेछ ।

एमालेबाट सुवास नेम्वाङ र डा राजन भट्टराई तथा समाजवादीबाट सर्वेन्द्रनाथ शुल्ल र लक्ष्मणलाल कर्ण कार्यदलमा छन् ।

बिहीवारको छलफलमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली, समाजवादीका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादवलगायतका नेताहरु सहभागी भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति