संगठन पुनर्निर्माण गर्न माओवादी केन्द्रले गठन गर्‍यो चार सदस्यीय कार्यदल


काठमाडौँ, २६ फागुन । संगठनात्मक पुनर्निर्माणका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) चार सदस्यीय कार्यदल गठन गरेको छ ।बुधबार बसेको स्थायी कमिटी बैठकले चार सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा रहेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।उनले प्रधानमन्त्रीले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

उनले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा कुनै निर्णय भएको छैन। नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने थियो। तर, उहाँको राजीनामा नआएपछि अरू दलसँग कुरा गरिरहेका छौँ।’ओलीले पदबाट राजीनामा दिएमा एउटै पार्टीबाट सरकार बन्न सक्ने तर्क गरे। ओली राजीनामा नदिएर पार्टी एकताको वातावरण बनाउन नचाहेको दाबी गरे।स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भएको वार्ताबारे बैठकमा जानकारी गराएका थिए ।माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता भने लिइसकेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति