शोक प्रस्ताव पारित गरेर स्थगित भयो प्रतिनिधि सभाको बैठक: अर्को बैठक चैत ३ गते

काठमाडौँ, २६ फागुन । प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ ।१५ जनाको शोक प्रस्ताव पारित गर्दै सभामुख अग्निप्रसाद सापकोटाले चैत ३ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए । बैठकमा बर्खे अधिवेशनदेखि हिउँदे अधिवेशन शुरू नहुँदासम्म मृत्यु भएका सांसद्हरुको शोक प्रस्ताव पारित गरिएको हो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पूर्व तथा हालका १४ सांसदको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरेकामा सर्वसम्मतिले पारित भएको हो ।दिवंगत सांसदको आत्माको चिरशान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारणसमेत गरिएको थियो । बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी तथा पूर्व सांसद दीपकबहादुर गुरुङ, डा राममान श्रेष्ठ, मानपुर चौधरी, वीरबहादुर लामा, ॐकारप्रसाद गौचन, इन्द्रहाङ लिम्बू, भीमप्रसाद गौतम, कमानसिंह लामा, गङ्गादत्त जोशी, एकनाथ रानाभाट, कुबेरप्रसाद शर्मा र डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।
बैठक शुरू नहुँदै बाहिरिए प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओली प्रतिनिधिसभा बैठक शुरू नहुँदै बाहिरिएका छन् । प्रधानमन्त्री ओली करिब १ बजेतिर संसद भवनबाट बाहिरिएका हुन्। बैठक शुरू नहुँदै बाहिरिएका प्रधानमन्त्रीलाई सञ्चारकर्मीले केही प्रश्न गरे पनि उनी बोल्न चाहेनन। उनले हात हल्लाउँदै ‘यति भए भैगो नि’ भन्दै बाहिरिए। यसअघि पनि फागुन २३ गते बसेको प्रतिनिधिसभा बैठक शुरू नहुँदै प्रधानमन्त्री ओली बाहिरिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति