नेपाली बजारमा ओरालो लागेको सुनको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा रु ५०० ले वृद्धि भएको छ । मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा रु ८६ हजार १०० मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार रु ८५ हजार ६०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा रु ५०० ले नै उकालो लागेको छ ।

तोलामा रु ८५ हजार १५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने रु ८५ हजार ६५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा रु एक हजार २५० मा कारोवार हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति