प्रधानमन्त्री इमरान खानले लिए संसदबाट विश्वासको मत

काठमाडौं, २३ फागुन  । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार संसदको तल्लो सदन नेशनल एसेम्ली (एनए)बाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन्।
उक्त सभाका सभामुख असद कैसरले प्रधानमन्त्री खानलाई विश्वासको मत मिलेको पुष्टि गरे

सभासद्हरुका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले आफू प्रधानमन्त्री हुँदा सन् २०१८ मा पाएको कूल मतभन्दा दुई मत बढी अर्थात् १७८ मत ल्याई पाकिस्तानी प्रधानमन्त्रीका रूपमा आफूलाई ताजा जनादेश रहेको पुष्टि गरेका हुन्

राष्ट्रपतिले बोलाएको संसदको नयाँ अधिबेशनमा प्रधानमन्त्री रहिराख्न खानले आफूलाई प्रधानमन्त्रीमा साधारण बहुमत रहेको पुष्टि गर्नका लागि विदेशमन्त्री साह मोहम्मद कुरेसीद्वारा संसदको तल्लो सदन प्रस्तुत प्रस्ताव अनुमोदन भएसँगै उनलाई थप विश्वासका साथ काम गर्ने प्रोत्साहन मिलेको छ।

तल्लो सदनमा सत्तारुढ पार्टीको बहुमतको बाबजुद पनि विपक्षी गठबन्धनका उम्मेदवारको नजिकको प्रतिस्पर्धामा उनका अर्थमन्त्री अर्थमन्त्री अब्दुल हफीज शेखलाई समर्थन गरेपछि पाकिस्तानी प्रधानमन्त्रीले विश्वासको मत पुष्टि गर्नुपर्ने अवस्था आएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति