लागुऔषध ल्याउँदै गर्दा बालक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँबाट लागुऔषधसहित एक बालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गााबाट खटिएको प्रहरी टोलीले आज साँझ १३ वर्षका बालकलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

रौतहटबाट काठमाडौँ आउँदै गरेको ना८ख ११०४ नम्बरको बसका यात्रु रहेका उनको झोलाभित्र जाँच गर्दा एक हजार ९०० एम्पुल लागुऔषध फेला परेको हो । उनीमाथि महानगरीय प्रहरी वृत्त थानकोटबाट लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

उनको साथबाट डाइजेपाम ७०० एम्पुल, फेनारगन ६०० एम्पुल र नोफिन ६०० एम्पुल बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । यता काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित टहरामा बस्ने काभ्रेपलाञ्चोक तिमालकी २७ वर्षीया सीता रायमाझी आज मृत फेला परेका र उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति