सर्वोच्चको फैसलाले ओली पाहाझैं पछारिए : अध्यक्ष प्रचण्ड

काठमाडौं, १७ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) अध्यक्ष  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले आफूहरुकै पक्षमा निर्णय गर्ने दाबी गरेका छन् ।सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसलापछि ओली समूह पाहा पछारिए झैं पछारिएको बताए । तैपनि ओली समूहका नेताहरुले हामी झन् बलियो भयौं भन्न थालेको भन्दै उनले भने, ‘यो के अचम्म हो रु पाहा पछारिए झैं पछारिने, अनि जित्यौं रे ।’

सर्वोच्चको फैसलाले एउटा सेटिङ भत्काएको भन्दै उनले छिट्टै अर्को सेटिङ भत्किने दाबी गरे ।केही दिनमै निर्वाचन आयोगले आफूहरुको पक्षमा निर्णय गर्ने भन्दै प्रचण्डले भने, ‘मैले त्यत्तिकै भनेको होइन, बुझेर भन्दैछु । केही समयभित्र निर्वाचन आयोगले आधिकारिक बहुमतकै हुन्छ, सूर्य हाम्रै हुन्छ भनेर फौसला गर्छ । त्यसमा शंका गर्नु पर्दैन ।’ यति हुँदा पनि ओलीले साम दाम दण्ड भेद सबै प्रयोग गरेर सत्ता लब्याउन खोजेको उनको आरोप छ । जबसम्म पुरै पराजित हुँदैनन्, तबसम्म प्रतिक्रियावादीहरुले गडबड गरिरहन्छन् भनेझैं ओली सम्पूर्ण रुपमा पतन नहुँदासम्म प्रतिक्रियावादी पात्रको रुपमा उभिने देखिएको प्रचण्डले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति