विप्लव समूहसँग सरकारले छिटै वार्ता गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव)समूहसँग चाँडै वार्ता गरिने बताएका छन् ।

झापाको कमल गाउँपालिका–७ मा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले वार्ताका लागि प्रकिया चलिरहेको र केही दिनमा नै यसबारेमा सबैलाई थाहा हुने पनि बताए ।

सरकारले विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई प्रतिबन्ध लगाएको छ । केही समयअघि विप्लव समूहले एक विज्ञप्ति जारी गर्दै वार्ताका लागि सकारात्मक भएको बताएको थियो ।

अर्को प्रसङ्गमा बोल्दै उनले नेपाल विकासशील देशको सूचीमा परिसकेको र आफूहरु विकासको यात्रामा अघि बढेको बताए ।

‘विकासको क्रममा हामी अघि बढेका छौं, संयुक्त राष्ट्रसंघीय निकायले नेपाललाई विकासशील देशको सूचीमा राख्न सिफारिस गरि सकेकाले पनि हामी कता जाँदैछौं देखाएको छ, अलिकति समस्या शान्तिसँग जोडिएको विषय छ तर त्यो समस्याको चाँडै समाधान गरिने छ,’ उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति