प्रचण्ड र नेपालमाथि प्रधानमन्त्री ओलीको टिप्पणीः एउटा मिस्टर कन्फर्टेबल, अर्को हेल्लो

काठमाडौं, १६ फागुन ।   प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापनापछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको अन्तरवार्ता र फोनमाथि कडा टिप्पणी गरेका छन्।

पुनःस्थापना फैसला भएको दिन नेता नेपालले फोनमा हिन्दी बोलेको प्रसङ्ग कोट्याउँदै भने,‘तपाईहरूले सुन्न भयो होला नि, आपकी सहयोगसे जित गएँ भनेको ? यो हामीले बनाएको होइन, उहाँको फोन हो। कसलाई फोन गरेका हुन् मलाई थाहा छैन।’

उनले हालै प्रचण्डले अन्तरवार्ता दिएको प्रसङलाई पनि कोट्याउँदै मिस्टर कम्फर्टेबल भनेका हुन्। संसद पुनःस्थापना हुनासाथ प्रचण्ड–नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिनुपर्यो भन्दै पाउ परेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले भने,‘अर्का जसपाले भने कुन दल हो तपाईहरुको भनेर सोधेछन्।’ प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाललाई संसदमा अविश्वासको प्रस्ताव प्रस्तुत गरेर देखाउन चुनौति दिँदै भने,‘पहिला पनि फेस गरेकै हुँ, जनताबाट दुई तिहाई लिएर प्रधानमन्त्री बनेको हुँ। अविश्वास पास गर्नुभएछ भने फेरि पनि दुई तिहाई लिएर आइनेछ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति