साउदी युवराजले पत्रकारको हत्या गर्न सघाएको रिपोर्ट सार्वजनिक

काठमाडौं । अमेरिकी गुप्तचर निकायले साउदी पत्रकार जमाल खशोग्जीको हत्या गर्न साउदी युवराज मोहम्मद विन सलमानले स्वीकृति दिएको रिपोर्ट सार्वजनिक गरेको छ ।

बाइडन प्रशासनले सार्वजनिक गरेको रिपोर्टमा साउदी राजकुमारले निर्वासित पत्रकार खशोग्जीलाई पक्राउ गर्न र हत्या गर्ने योजनालाई स्वीकृति दिएको उल्लेख गरिएको छ । रिपोर्ट सार्वजनिक गरे लगत्तै अमेरिकाले दर्जनौं साउदीमाथि प्रतिबन्ध लगाए पनि राजकुमार सलमानलाई भने कुनै प्रतिबन्ध लगाइएको छैन । साउदी अरबले भने अमेरिकी रिपोर्ट झुटो र अस्वीकार्य भन्दै खारेज गरेको छ । राजकुमार सलमानले पनि खशोग्जीको हत्यामा आफ्नो कुनै पनि संलग्नता अस्वीकार गर्दै आएका छन् ।

साउदी राजपरिवारका आलोचक खशोग्जीको सन् २०१८ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास भित्र हत्या भएको थियो । साउदी अरबले आधिकारिक रुपमा साउदी एजेन्टले खशोग्जीको हत्या गरेको जनाइसकेको छ । बाइडन प्रशासनले साउदी अरबमा अघिल्लो ट्रम्प प्रशासन भन्दा मानवअधिकार र कानुनी शासनलाई लिएर कडा नीति अख्तियार गर्ने अनुमान गरिएको छ । यद्यपी मध्यपूर्वमा साउदी अरब अमेरिकाको पूरानो र भरपर्दो सहयोगी हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति