सांसदले संसद् विघटन हुँदाको पनि पाउँदै छन् एकमुष्ट तलब–भत्ता

काठमाडौं । प्रतिनिधि सभा पुनस्र्थापना भएपछि सांसद्ले पुस ५ गते यताको तलब एकमुष्ट पाउने भएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएपछि उनीहरूले संसद् नचलेको अवधिको पनि तलब पाउने भएका हुन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन असंवैधानकि भएकाले त्यतिबेलादेखि नै कानुनी प्रभाव शून्य रहने गरी बदर गरिदिएको थियो । पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सांसदहरुले पुसको ५ दिनको मात्र तलब पाएका थिए ।

संसीय संसदमा महासचिव डा. भरत गौतमले पुसको बांकी अवधिको र माघ तथा फागुनको तलब सांसदहरूको खातामा जम्मा हुने बताए । सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयां छ । प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतकलगायतको केही बढी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति