निफ्राको सेयर मूल्य कसरी शतप्रतिशत घट्यो, किन भयो कारोबार रोक्का ?

काठमाडौं । आज कारोबार खुलेसंगै बढ्न शुरु भएको बजार ११ बजेर २० मिनेटमा एक्कासी ८२ अंकले घटेको देखिएको छ ।

संसद पुनःस्थापना पछि बजारले राम्रै गति लिनेमा ढुक्क भएर बसेका लगानीकर्ताहरु नेपाल स्टक एक्सचेन्जले वेवसाइट हेरेर अलमलमा परेका छन् । सेयर कारोबार मापक नेप्से परिसूचक २ मिनेटमा नै अस्वभाविक तरिकाले घटेको थियो । तर समग्रमा बजार भने नघटेको पाइएको छ । नेप्से परिसूचक घटेको नभई नेप्सेले गलत सूचना दिइएको पुष्टि भएको हो । टिएमएसमा देखिएको समस्याका कारण नेपाल इन्फ्रास्टक्चर बैंकको कारोबार रोक्का गरिएको छ । बुधबार निफ्राको सेयर मूल्य शतप्रतिशतले घटेपछि कारोबार बन्द भएको छ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्य आज शतप्रतिशत रुपैयाँले घटेर शून्यमा झरेको नेप्सेको वेवसाइटमा देखाइएको छ । जबकी कुनै पनि कम्पनीको सेयर मूल्य एकैदिन १० प्रतिशत भन्दा धेरैले घट्न वा बढ्न सक्दैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति