पशुपतिमा ८० करोडको लागतमा १०८ किलो सुनको जलहरी राखियो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ ।

बुधबार राष्ट्रपति भण्डारीले क्षमापूजा आरधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले बताए । पशुपतिनाथमा रहेको चांदीको जलहरी जिर्ण भएकोले सुनको आवरणले ढाकेको उनको भनाई छ । १ सय ८ किलो सुनको जलहरी अर्पण गरिएको उनले बताए । सुनको जलहरीमा ८० करोड रुपैँया खर्च भएको सदस्य सचिव ढकालले बताए ।

विगत ३ वर्षदेखि निर्माण भइरहेको काम बुधबार सम्पन्न भएको हो । सुनको जलहरी अर्पण गर्नका लागि पांचदिन अघिदेखि पशुपतिनाथमा विधिपूर्वक पुजाआजा भइरहेको थियो । यता दर्शनको सहज व्यवस्थापन, स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै तयारी गरीएपनि शिवरात्रिमा यस वर्ष अघिल्ला वर्षका भन्दा कम भक्तजन आउने आकलन गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति