लागूऔषधसहित भारतीय पक्राउ

काठमाडौं । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्राउ गरेको छ । भारत बेतिया सिक्टा गाउँ–१० बस्ने ४७ वर्षीय आनन्दराम चमारलाई लागूऔषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रहरीले चमारका साथबाट अवैध डाइजोपाम ३००, नोर्फिन ३०० र फेनेरागन ३०० थान बरामद गरेको जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति