झुटा विवरण पेश गरेर परिचयपत्र बनाउन खोज्ने पक्राउ

म्याग्दी । म्याग्दीमा झुटा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्ने आज पक्राउ परेका छन् । अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरि गाउँपालिका–३ का ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले दीपक भण्डारीकी १५ वर्षीया छोरी दिवा भण्डारीको नाबालक परिचयपत्र बनाउन आफ्नो छोरी भएको नक्कली कागजात पेश गरेका रेशमबहादुरलाई नियन्त्रणमा लिएको जानकारी दिए । “रेशमबहादुरले पेश गरेका कागजात शङ्कास्पद भेटिएपछि प्रशासनको निर्देशनमा छानबिनका लागि नियन्त्रणमा लिएका हौं,” उनले भने , “झुटा विवरण पेश गरेर लिखतसम्बन्धी कसुर गरेको अभियोगमा पक्राउ परेका रेशमबहादुरमाथि थप छानबिन गर्न अदालतबाट म्याद थप गर्न अनुमति मागेका छौं ।”

प्रारम्भिक बयानका क्रममा रेशमबहादुरले दिवालाई विदेश जापान पठाउनका लागि नाबालक परिचयपत्र बनाउन लागेको बताएका छन् । सोह्र वर्षभन्दा कम उमेरका व्यक्ति विदेश जानका लागि नाबालक परिचयपत्र बनाउनुपर्छ । रेशमले दिवाको नाबालक परिचयपत्र बनाउन शुक्रबार प्रशासनमा कागजात पेश गरेका थिए । रेशमले पेश गरेका कागजात शङ्कास्पद देखिएपछि अनुसन्धानका लागि प्रहरीलाई जिम्मा दिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति