उपचारका लागि भारत जाँदै डा. बाबुराम भट्टराई

काठमाडौं,९ फागुन ।  पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टींका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि भारत जाने भएका छन् ।

केही दिनयता बिरामी रहेका भट्टराई नेपाल वायुसेवा निगमको जहाजबाट भारतको दिल्ली जान लागेका हुन् । भट्टराईलाई पेटमा समस्या देखिएको छ । बिरामी भएपछि उनी काठमाडौंको निदान अस्पतालमा उपचारका लागि पुगेका थिए । उपचाररत डाक्टरले न्युरो इन्डाक्राइनको ट्युमर भएको हुनसक्ने आंशका गरेका छन् ।

दिल्लीमा उनको उपचार इन्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस अस्पतालमा गरिने जनाइएको छ । उनीसँग पत्नी हिसिला यमी र प्रेस संयोजक विश्वदीप पाण्डे पनि जाने भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति