काठमाडौं । काठमाडौं महानगरपालिकाले डोजर लगाएर खुलामञ्च खाली गर्ने काम सुरु गरेको छ । बुधबार डोजर लगाएर खुलामञ्चमा रहेका संरचना हटाइएको छ । खुलामञ्चमा टहराहरु र निर्माण सामग्री राखिएको थियो ।
राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुननिर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारहरुलाई राख्नका लागि उहाँहरुको आग्रहमै हामीले त्यहाँ सहमति दिएका थियौं, काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भने, वीर अस्पताल र दरबार हाईस्कुलको पुननिर्माण सम्पन्न चरणमा पुगेपछि हामीले आजबाट उहाँहरुलाई पनि जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालेका हौं । उनले विस्तारै बसपार्क पनि खुला गर्ने जानकारी दिए ।
प्रतिक्रिया