हत्या आरोपी नै हत्यारालाई कारवाहीकाे माग गर्दै आन्दोलनमा सहभागी

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ का १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी नै हत्यारालाई कारवाही गर्न माग गर्दै आन्दोलन गरिरहेको खुलेको छ ।

भारगरथीको हत्याभएपछि हत्यारालाई कारवाही गर्न माग गर्दै नागरिक स्तरबाट भएको आन्दोलनमा भागरथी पढ्ने विद्यालयमै कक्षा ११ मा अध्ययनरत १८ वर्षीय दिनेश भट्ट पनि सहभागी थिए । उनै दिनेशले भागरीको हत्या आफूले गरेको स्वीकार गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, बैतडीमा पत्रकार सम्मेलन गरेर दिनेश भट्टराई आजै सार्वजनिक गर्दैछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति