नेकपा दाहाल–नेपाल पक्षले शुभकामना दिँदै आन्दोलित हुन गरे आह्वान

काठमाडौँ । विपक्षी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले तामाङ र शेर्पा समुदायलाई आन्दोलित हुन आह्वान गरेका छन् । शुक्रबार (आज) परेको तामाङ समुदायको साेनाम ल्होसार र शेर्पा समुदायको ग्याल्बो ल्होसारको शुभकामना दिँदै अध्यक्षद्वय दाहाल–नेपालले यस्तो आह्वान गरेका हुन् ।

दाहाल–नेपालले तामाङ–शेर्पा समुदायका अधिकार कुण्ठित गर्न खोजिएको उल्लेख गर्दै असंवैधानिक कदमविरुद्ध आन्दोलित हुनुको विकल्प नरहेको स्मरण गराएका हुन् ।

पछिल्लो घटनाका रुपमा सरकारको तर्फबाट उत्पीडनमा परेका जाति, क्षेत्र र लिङ्गका जनताको मौलिक हकअधिकार कुण्ठित गर्ने दुष्प्रयास शुरु भएको उल्लेख गर्दै दाहाल–नेपालले भनेका छन्, ‘हजारौं जनताको त्याग र समर्पणबाट प्राप्त अधिकार रक्षाका लागि प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा होमिनुको कुनै विकल्प छैन ।’

गत ५ पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने सिफारिस शीतल निवासबाट सदर भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको तीव्र आलोचना हुँदै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति