‘महिलाको विदेश भ्रमणबारे कुनै निर्णय भएको छैन’

काठमाडौँ । अध्यागमन विभागले ४० वर्षमुनिका महिला एक्लै विदेश जाँदा परिवार र वडाको सिफारिस चाहिने विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ । आन्तरिक छानबिन कार्यदलबाट सुझाव आएको तर हालसम्म कुनै निर्णय नभएको विभागले स्पष्ट पारेको हो ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै विभागले विभिन्न संचार माध्यममा आएका समाचारहरुका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘आन्तरिक कार्यविधिमा संशोधन गरी पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा नेपाली महिलाहरु भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी निर्णय हुन लागेको भन्ने विभिन्न संचार माध्यममा आएका समाचारहरुका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

सार्वजनिक सरोकारका विषयहरुमा निर्णय गर्दा संविधान प्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आमजनताको धारणा र कार्यान्वयन सहजतासमेत हेरी नागरिकका मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुने पनि विभागको भनाई छ ।

अध्यागमनद्वारा जारी विज्ञप्ती :

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति