तोलामा २०० ले घट्यो सुनको मूल्य

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा रु २०० ले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार भएको छ ।

छापावाला सुन आइतबार तोलामा रु ९० हजार ६०० मा कारोवार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन पनि तोलामा रु २०० ले घटेको छ । रु ९० हजार १५० मा आइतबार कारोवार भएको तेजाबी सुन आज रु ८९ हजार ९५०मूल्य निर्धारण भएको छ ।

त्यस्तै चाँदी तोलामा रु पाँचले बढेको छ । रु एक हजार ३१० मा आइतबार कारोवार भएको चाँदी आज तोलामा रु एक हजार ३१५ मूल्य निर्धारण भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति