काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर १०५ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (शुक्रबार) २७२ जना निकाे हुँदा थप २ जनाकाे मृत्यु भएकाे छ ।
यस्तै आज क्वारेन्टिनमा ९२ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या २ हजार १०८ रहेकाे छ ।
याेसँगै काेराेना संक्रमितकाे कुल संख्या २ लाख ७१ हजार ७०७ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ६७ हजार ५६४ जना निकाे भइसकेका छन् भने मृतक संख्या २ हजार ३५ पुगेकाे छ ।
काठमाडाैं उपत्यकामा मात्रै आज ५६ संक्रमित थपिएका छन् । काठमाडाैंका ४३, भक्तपुरका ३ र ललितपुरका १२ जनामा काेभिड संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
प्रतिक्रिया