सर्वसत्तावाद मुर्दावादको नारासहित नागरिक अगुवाको मार्चपास

काठमाडौँ, २३ माघ । बृहत नागरिक आन्दोलनले शुक्रबार बिहान राष्ट्रपति कार्यालय अगाडि मार्चपास गरेको छ।लैनचौरस्थित पद्मरत्न तुलाधर निवास परिसरबाट शितल निवाससम्म नागरिक अगुवाले मार्चपास गरेका हुन्।

मार्चपासमा सहभागीहरुले ‘सत्ता कब्जा मुर्दावाद, राष्ट्रपति ज्यू संविधान कहाँ छ , सर्वसत्तावाद मुर्दावाद’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरुले असंवैधानिक नियुक्तीहरु खारेज गर्न पनि माग गरेका छन्। संवैधानिक निकायमा असंवैधानिक नियुक्ति भएको भन्दै मार्च पास गरिएको बृहत नागरिक आन्दोलनका अगुवाहरुले बताएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति