बन्दको विरोधमा ओली समूहको पोखरामा प्रदर्शन

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको नेपाल बन्दको विरोधमा ओली समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् । पोखराको पृथ्वीनारायण क्याम्पसबाट मोटरसाइकल र्याली निकालेर उनीहरुले बन्दको विरोध गरेका हुन् ।

प्रदर्शनका क्रममा ओली पक्ष र बन्दकर्ता प्रचण्ड नेपाल पक्षका कार्यकर्ताबीच भनाभन समेत भएको थियो । पृथ्वीनारायण क्याम्पसबाट निस्केको मोटरसाइकल र्याली सिम्पानी, हरिचोक, मालेपाटन, पृथ्वीचोक, विरोटा, न्युरोड हुँदै पृथ्वीनारायण क्याम्पसमै पुगेर समापन भएको थियो ।

पृथ्वीचोकमा बन्दकर्ता र बन्दको विरुद्ध जुलुस निकालेको ओलीका कार्यकर्ताबीच केहीबेर भनाभन भएको थियो । प्रहरीले उनीहरु दुबै समुहबीच झडप हुन नदिन दुबै पक्षको बीचमा बसेर सुरक्षा दिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति