आर्मीसँग चौदण्डीगढी दर्जन गोलले पराजित, शर्मिलाको ह्याट्रिक

काठमाडौं, २१ माघ । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले फराकिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १२–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिकसहित ५ गोल गरिन् । सपना लामाले २ गोल गरिन् । यस्तै कप्तान अन्जली वाइबा, हेमा चौधरी, विमला चौधरी, विमला बिक र रश्मी घिसिङले १–१ गोल गरे ।

प्रतियोगिताकै सबैभन्दा कमजोर टिम चौदण्डीगढीविरुद्ध आर्मीले तेस्रो मिनेटमै अग्रता बनाएको थियो । जितसंगै आर्मीले ६ खेलमा १३ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । चौदण्डीगढीको यो लगातार छैटौं हार हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति