देश भयंकर द्वन्द्वमा जाने खतरा छ : डा. भट्टराई

अर्घाखाँची। जनता समाज पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदेला भनेर पर्खेर बस्न नहुने बताएका छन्। मंगलबार सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले संसद पुनर्स्थापना नहुने र वैशाखमा चुनाव नभए देश भयंकर द्वन्द्वमा जाने खतरा पनि औंल्याए।

उनले प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमविरुद्ध सडक आन्दोलन गर्नुको विकल्प नभएको जनाए। देशलाई द्वन्द्वबाट बचाउन कांग्रेससहित सबै दल मिलेर आन्दोलन गर्नुको विकल्प नभएको भट्टराईको भनाइ छ। ‘वैशाखमा चुनाव हुने सम्भावना छैन,’ उनले भने, ‘देशमा संकटकाल लाग्ने, यही बहाना बनाएर वैदेशिक हस्तक्षेप बढ्ने हुन सक्छ।’

आफूले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपालसहितका नेतालाई भेटेर आन्दोलनमा जानुपर्ने बताएको पनि उनले जानकारी दिए। भट्टराईले भने, ‘अहिलेको बेला संसद पुनर्स्थापना गरेर अगाडि बढ्नु हो।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति