काठमाडौँ । काठमाडौँमा बर्ड फ्लू देखिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं- ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको हो ।
पशु सेवा विभागका अनुसार त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा बर्ड फ्लु रोग पुष्टि भएको हो । रोग अन्यत्र फैलन नदिन रोग देखिएको क्षेत्रमा रहेका करिब साढे २३ सय वटा घरपालुवा पन्छी नष्ट गरिएको छ ।
यस क्रममा १ हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको हो । रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिएको विभागको भनाई छ । विभागले नेपालमा बर्ड फ्लूको जोखिमलाई ध्यान दिएर रोग रोकथाम तथा नियन्त्रण सम्बद्ध निकायहरुलाई सतर्क अवस्थामा राखेको समेत जनाएको छ ।
४ बुँदे अपिल
१. पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न/गराउन हुन
२. फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्न/गराउन हुन
३. फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन हुन
४. कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा
प्रतिक्रिया