धनगढी । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव पक्षको प्रदर्शनमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई जनताले फूच्चे बनाएको बताएका छन् । शनिबार धनगढीमा आयोजित आफू निकट कार्यकर्ताको विरोध कार्यक्रममा प्रचण्डले भने, ‘धनगढीमा अस्ति आउँदा अलि फुलेका थिए, तपाईंहरू सडकमा आएर यहाँ पनि एक तिहाइ पुग्दैन भन्ने देखाएर ओलीजीलाई फुच्चे बनाउनुभयो, धन्यवाद दिन चाहन्छु ।’
कार्यक्रममा देखिएको उपस्थिती देखेर उत्साहित बनेका प्रचण्डले थपे, ‘सडकमा पनि केपी ओली एक तिहाई हो । तपाईहरुले तिमी फुच्चे नै हो भनेर सावित गरिदिनुभयो ।’
उनले केपी ओली पार्टीमा मात्र होइन, सडकमा समेत एक तिहाइ रहेको भन्दै ब्यंग्य गरे ।
‘केपीले आफूले आफैँलाई खलनायक बनाए’
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीले आफूले आफैँलाई खलनायकको रुपमा उभ्याएको बताएका छन् । विरोध सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।
‘केपी ओलीले आफूले आफैँलाई नै खलनायक बनाए’, सम्बोधनको क्रममा दाहालले भनेका छन्, ‘उनले नेपाली जनताले सात दशक लामो संघर्ष गरेर ल्याएको संविधान एकैछिनमा ध्वस्त पारे ।’
यस्तै दाहालले प्रतिनिधि सभा विघटन भइनसकेको दोहोर्याए । उनले भनेका छन्, ‘प्रतिनिधि सभा विघटन भएको छैन ।’
प्रतिक्रिया