प्राधिकरणले निकाल्यो एक महिना विद्युत कटौती हुन सक्ने सूचना

काठमाडौँ, १७ माघ । नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरले एक महिना विद्युत कटौती हुन सक्ने सूचना सार्वजनिक गरेको छ ।

प्राधिकरणको केन्द्रीय कार्यालयमार्फत सार्वजनिक प्रादेशिक कार्यालय विराटनगरको लेटर हेडमा उल्लेखित सूचनामा दुहवी–खनार ३३ केभी डबल सर्किट प्रसारण लाइनको सुदृढीकरण गर्नु पर्ने भएकाले एक महिनासम्म विहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म विद्युत कटौती हुन सक्ने उल्लेख गरिएको छ । कार्यालयका अनुसार इटहरी वितरण केन्द्रबाट वितरित विद्युत आगामी फागुन १२ गतेसम्म ९ घण्टा कटौती हुन सक्ने उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति