तेस्रो चरणको आन्दोलन : बालुवाटार घेर्ने, सरकारी गाडी चल्न नदिने

काठमाडौं, १६ माघ । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड माधव नेपाल पक्ष०का विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम तय गरेका छन् । अनेरास्ववियूले माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका गाडी चल्न नदिने निर्णय गरेको हो । अनेरास्ववियूको रञ्जित तामाङ खेमाका विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनमा बालुवाटार घेराउदेखि मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्नेसम्मका कार्यक्रम तय गरेको हो ।

अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले भने, ‘तेस्रो चरणको आन्दोलन आगामी फागुन २ गतेसम्म हुन्छ र यो चरणमा बालुवाटार घेराउदेखि प्रतिगमनकारी मन्त्रीहरुलाई सामाजिक बहिस्कार गर्ने, उनीहरुका गाडी चल्न नदिनेलगायत कार्यक्रम हुनेछन् ।’ यसक्रममा पार्टीले आयोजना गर्ने कार्यक्रममा पनि सक्रिय सहभागी हुने उनले बताए । अनेरास्ववियूले लिपुलेक, लिम्पियाधुरासहिको नयाँ नक्सा छापिएको पाठ्यपुस्तक सार्वजनिक गरी पढाउनुपर्ने मागसमेत गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति