काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले देश अग्रगमन र पश्चगमनको दोसाँधमा रहेको बताएका छन् ।
यस्तो बेला कुन बाटो जाने भन्ने सबैले सोच्नुपर्ने भट्टराईको भनाइ छ । उनले अग्रगमनतर्फ जाँदा सुखद भविष्य भए पनि प्रतिगमनतर्फ जाँदा अन्त्यहीन द्धन्द्ध हुनेसमेत संकेत गरेका छन् ।
देश अग्रगमन र पश्चगमनको भयंकर दोसाॅधमा छ;कुन बाटो जाने सबैले छातीमा हात राखेर सोचौं:-१.अग्रगमन: संसद पुनर्स्थापना+सहमतीय सरकार+सहमतिमा संविधान संशोधन+निर्वाचन+सुशासन+समृद्धि।२.पश्चगमन: संसद विघटन+No Election+संकटकाल+संविधान खारेज+आन्दोलन/विद्रोह+बाह्य हस्तक्षेप+अन्त्यहीन द्वन्द!
— Baburam Bhattarai (@brb1954) January 27, 2021
देश अग्रगमन र पश्चगमनको भयंकर दोसाँधमा छ । कुन बाटो जाने सबैले छातिमा हात राखेर सोचौं, बुधबार ट्वीट गर्दै भट्टराईले भनेका छन् । अग्रगमनको बाटो भनेको संसद पुनर्स्थापना हो ।
उनले प्रतिनिधि सभा पुनर्स्थापना भएमा सहमतिय सरकार गठन तथा सहमतिमै संविधान संशोधन, निर्वाचन, सुशासन र समृद्धिको बाटो भनेका छन् ।
यसो नभए पश्चगमनतर्फ जाने उनको भनाइ छ । संसद विघटन, चुनाव पनि नहुने, संकटकाल लाग्न सक्ने, संविधानकै खारेजी हुन सक्ने तथा आन्दोलन र विदेशी हस्तक्षेप हुने आँकलन भट्टराईको छ ।
यसो भए अन्त्यहीन द्धन्द्ध भइरहने भएकोले बेलैमा सोच्न पनि उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया