चारजना पूर्वन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा विचाराधीन रहेको मुद्दामा सर्वाेच्च अदालतका चारजना पूर्वन्यायाधीशहरुले लिखित वक्तव्य दिएर मुद्दामाथि हस्तक्षेप गरेको जिकिर गर्दै अधिवक्ताद्वय राजाराम घिमिरे र लोचन भट्टराईले उनीहरुविरुद्ध अदालतको अवहेलना मुद्दामा निवेदन दर्ता गराएका छन् ।

अधिवक्ताद्वय घिमिरे र भट्टराईले पूर्वप्रधानन्यायाधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्की विरुद्ध निवेदन दर्ता गराएका हुन् । निवेदकद्वयले निवेदनको सुनुवाइ हुँदा अदालतमा आफैं उपस्थित भएर जवाफ दिन समेत माग गरेका छन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै चारजना पूर्वन्यायाधीशहरूले वक्तव्यमार्फत अभिव्यक्ति दिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति