गर्भावस्थामा योगा गरिरहेको करिनाको तस्वीर सामाजिक संजालमा भाइरल

बलिउड अभिनेत्री करिना कपुर छिट्टै नै आमा बन्दैछिन् । उनी दोस्रो पटक आमा बन्न लागेकी हुन् । यस्तोमा उनले आफ्नो स्वास्थ्यको निकै नै ख्याल राखिरहेकी छिन् । करिनाले अहिले दैनिक योगामा ध्यान दिइरहेकी छिन् ।

उनले योगा गरिरहेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । धेरैले उनलाई अझै आफ्नो स्वास्थ्यको ख्याल राख्न सुझाव दिइरहेका छन् । करिना लकडाउनको समयमा गर्भवती भएकी हुन् ।

दोस्रो सन्तानको लागि नै केहीदिन अघि करिना र सैफ नयाँ घरमा सरेका थिए । प्राप्त जानकारी अनुसार नयाँ घर पहिलेको भन्दा धेरै नै सुविधायुक्त रहेको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति