जनताका बीचमा गएर नयाँ जनमत लिने अवसर : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विघटित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताए । नेपाल कम्युनिष्ट पार्टी नेकपाले कालीकोटमा गरेको जनसभालाई सम्बोधन गर्दै उनले अहिलेको अवस्थामा संसद् पुनःस्थापना नहुने माग गर्ने प्रतिगामी भएको आवरोप लगाए ।

उनले संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने स्पष्ट कानुनी व्यवस्था गरिएको र प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि संसद् विघटन गरेर क्रान्तिकारी कदम चालिएको उल्लेख गरे । ताजा जनादेशका लागि निर्वाचनको घोषणा भइसकेकाले त्यसका लागि तयार हुन सबै राजनीति दललाई गृहमन्त्री थापाले आग्रह गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति