सुनको भाउ पाँच सय रुपैयाँ महंगियो, चाँदी १५ रुपैयाँ बढी

काठमाडौं : बुधबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले महंगिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन तोलामा ९२ हजार रुपैयाँ पुगेको थियो । अन्‍तर्राष्ट्रीय बजारमा सुनको भाउ बढेपछि नेपाली बजारमा त्यसको प्रभाव परेको हो । मंगलबार प्रति औंस १८४० अमेरिकी डलर पुगेको सुनको भाउ बुधबार प्रति औंस १८४९ प्रति औंस कायम भएको छ ।

महासंघका अनुसार चाँदी पनि तोलामा १५ रुपैयाँ महंगिएको छ । मंगलबार प्रति तोला एक हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार एक हजार २ सय ६० रुपैयाँ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति