थप ३४८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं ६ माघ । पछिल्लो २४ घण्टामा देशभर ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४ हजार ९ सय ५६ जनाको नमुना परीक्षण गर्दा १ सय २९ महिला र २ सय १९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितमध्ये २ सय १८ जना काठमाडौं उपत्यकाका हुन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ । उनीहरुमध्ये आज थप ४ सहित १९ सय ६९ जनाको मृत्यु भएको छ

यस्तै पछिल्लो २४ घण्टामा ४ सय ४१ जना निको भएसंगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ । हाल देशभर रहेका सक्रिय संक्रमित ३ हजार ७ सय ६४ जनामध्ये १ सय ६१ जनाको आईसीयु र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति