एक दर्दनाक दुर्घटना : फुटपाथमा सुतिरहेका मजदूरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु

नयाँदिल्ली, ६ माघ । भारतको गुजरात राज्य अन्तर्गत पर्ने सुरतको कासाम्बा क्षेत्रमा भएको ट्रक दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएकाको परिवारलाई २ लाख भारतीय रुपैयाँको दरले राहत दिने प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा समेत गरे ।

मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै उनले शोक सन्तप्त परिवारजनप्रति सहानुभूति समेत व्यक्त गरे । मृतकका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय सहायता कोषबाट सो रकम दिइने भएको अधिकारीहरुले जानकारी दिएका छन् । “सुरतमा भएको दुर्घटनामा परी मानवीय क्षति भएकोमा मलाई अत्यन्त दुःख लागेको छ, यो घटना ज्यादै पीडादायी छ, शोकाकुल परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु,” प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन् ।

उनले घाइते भएकाहरुलाई पनि ५० हजार भारतीय रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने अर्को ट्वीट मार्फत् जानकारी दिए । किम मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक फुटपाथमा सुतिरहेका उनीहरूमाथि ट्रक गुडेको हो । गुडिरहेको ट्रक एउटा ट्याक्टरमा ठोक्किएपछि अनियन्त्रित भएर मजदुर सुतिरहेको मजदुरमाथि ट्रक कुदेको थियो ।

मृत्यु भएका १५ जना मध्ये सात जना महिला, सात जना पुरुष र एक जना एक वर्षीय शिशु रहेको अधिकारीहरुले जनाएका छन् । घाइते भएका ६ जनाको अस्पतालमा उपचार भइरहेको स्थानीय प्रहरीको भनाई छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति