सोमबार सिनेटरबाट राजिनामा दिंदै नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस

काठमाडौँ, ५ माघ । नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सोमबारदेखि लागु हुनेगरी सिनेटबाट राजिनामा दिने भएकी छिन् । उपराष्ट्रपतिमा निर्वाचित भएकाले सिनेटरको पद छाड्नुपर्ने प्रावधान अनुशार उनले राजिनामा दिने भएकी हुन् ।

ह्यारिसले क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसम समक्षलाई यसबारी जानकारी दिइसकेकी छिन् । उनले सिनेट अफिस छाड्ने औपचारिक संकेत गभर्नरलाई पठाइसकेकी छिन् । ह्यारिसको पहिलो कार्यकालको बाँकी २ बर्ष क्यालिफोर्नियाका सेक्रेटरी अफ स्टेट एलेक्स प्याडिलियालाई सिनेटरमा नियुक्त गर्ने तयारी भइरहेको छ ।

कमला ह्यारिसले आफ्नो राजिनामाको अन्तिम घोषणा सोमबार गर्ने जनाइएको छ । उपराष्ट्रपतिका रुपमा भने उनले सिनेटको अध्यक्षता गर्नेछिन् । साथै उनको टाइब्रेक मतका आधारमा सिनेटमा डेमोक्र्याट्सको नियन्त्रण कायम हुनेछ । जर्जियामा २ जना डेमोक्रेटिक सिनेटरहरुले जितेपछि अहिले सिनेटका १० सय सिटमध्ये ५० रिपब्लिकनका र ५० डेमोक्र्याट्सका रहेका छन् ।

अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित भएर कमलाले अमेरिकामै नयाँ इतिहास कायम गरेकी हुन् । कमला अमेरिकी उपराष्ट्रपति हुने पहिलो महिलामात्र होइनन्, पहिलो अश्वेत र एसियन अमेरिकन महिला समेत हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति