बाइडनको सपथ ग्रहणको पूर्वसन्ध्यामा अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता

वासिङटन : अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनको सपथ ग्रहण हुनुअघि अमेरिकाका ५० वटै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

सपथ ग्रहणका बेला सशस्त्र समूहको प्रदर्शन हुन सक्ने सम्भावना भएको भन्दै मुलुकभरका राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो । सुरक्षाका लागि नेशनल गार्ड परिचालन गरिएको बीबीसीले जनाएको छ ।

यसैबीच बाइडनले सपथ ग्रहण कार्यक्रमको तयारी गरिरहेका छन् । उनले आफूलाई सुरक्षा चुनौति नभएको भन्दै राष्ट्रपति भवन बाहिरै उपराष्ट्रपति कमला ह्यारिससमेतले सँगै सपथ ग्रहण गर्ने बताउँदै आएका छन् ।

बाइडन र ह्यारिसले बुधबार सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति