सभापति देउवाद्वारा माघे सङ्क्रान्तिको शुभकामना

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘माघे सङ्क्रान्ति’ का अवसरमा सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न यस पर्वले सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन्।

उनले आज एक विज्ञप्तिमार्फत प्राचीनकालदेखि विभिन्न जातजातिको बसोवासको सङ्गमस्थलका रूपमा रहेको नेपालमा विभिन्न भाषा, धर्म, संस्कृति र चाँडपर्वको आफ्नो विशिष्ट पहिचान रहेको तथा एकले अर्काको संस्कृतिलाई आदर र सम्मान गर्ने आफ्नै परम्परा रहको उल्लेख गरेका छन् । माघ १ गते ‘माघे सङ्क्रान्ति’ लाई ‘मकर सङ्क्रान्ति’का रूपमा मनाउने हाम्रो प्रचलन छ ।

उनले भौगोलिक, जातीय र सांस्कृतिक विविधतामा रहेको हाम्रो देशमा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति