विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड, एकैदिन १६ हजारभन्दा बढीको मृत्यु

काठमाडौँ, १ माघ ।  विश्वभर कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ ।

बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै १६ हजार २६९ संक्रमितको मृत्यु भएको छ । यसअघि बुधबार ९२९ पुसमा० १६ हजार १ जनाको मृत्यु भएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा ७ लाख ४० हजार २२९ संक्रमित थपिएका छन् । बिहीबारसम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ८५ हजार ३९२ पुगेको छ । त्यस्तै अहिलेसम्म ९ करोड २७ लाख ४६ हजार २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सक्रिय संक्रमित २ करोड ४४ लाख ८४ हजार ६०७ जनाको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत १ लाख १० हजार ६७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।अहिलेसम्म ६ करोड ६२ लाख ७६ हजार २३९ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकै दिन ४ हजार ८५ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार ९१५ पुगेको छ ।

त्यहाँ एकैदिन २ लाख ३४ हजार ७९६ जना संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ३६ लाख १४ हजार ६७९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९२ लाख ४५ हजार ८३३ छ । २९ हजार २३८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । दोस्रो स्थानको भारतमा संक्रमित संख्या १ करोड ५ लाख नाघेको भने अहिलेसम्म १ लाख ५१ हजार ७६५ जनाको मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति