प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो ।

बुधबार बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने कि संवैधानिकमा भन्नेबारे बहस भएको थियो । प्रधानन्यायाधीश जबराले शुक्रबारसम्मका लागि इजलास स्थगित भएको जानकारी गराए ।

बिहान सर्वोच्चले प्रधानन्यायाधीश जबराको नेतृत्वमा इजलास गठन गरेको थियो । जसमा सपना प्रधान मल्लबाहेक पहिलेकै न्यायाधीशहरु दोहोरिएका छन् ।

न्यायाधीश हरिकृष्ण कार्कीले इजलास छोडेपछि प्रधानन्यायाधीश जबराले मल्ललाई राखेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति