निर्वाचन प्रक्रियाबारे प्रचण्ड–माधव समूहको आपत्ति, …आयोग जाँदै

निर्वाचन आयोगले अगाडि बढाएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाउन नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन आयोग जाँदैछन् ।

सर्वाेच्च अदालतमा विचाराधीन मुद्दालाई आयोगले प्रभावित गर्न खोजेकाले आपत्ति जनाउन दुई अध्यक्ष बहादुर भवन जान लागेका हुन् । सो समूहका एक नेताले भने, ‘सर्वाेच्च अदालतमा संसद् पुनस्र्थापनाबारे मुद्दा विचाराधीन अवस्थामा छ । तर, आयोगले त्यसलाई प्रभावित गर्नेगरी निर्वाचनको काम अगाडि बढाएको छ । यसलाई रोक्नुपर्छ भनेर दुई अध्यक्ष जान लाग्नु भएको
हो ।’

प्रचण्ड–माधव समूहले आयोगसँग पुस २३ मा पठाएको पत्रबारे पनि थप प्रष्ट पारिने जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति