प्रधानमन्त्री ओलीविरुद्ध ललितपुरमा बयलगाडा प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहका अनेरास्ववियूमा आबद्ध विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध बयलगाडा प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेपछि त्यसको विरोधमा सडक संघर्षमा उत्रिएको प्रचण्ड–माधव समूहले विरोधकै निरन्तरता स्वरूप आज (आइतबार) ललितपुरस्थित पाटन क्याम्पस अगाडि बयलगाडा प्रदर्शन गरेको हो ।

प्रधानमन्त्रीले संसद विघटन गरेर जनतामाथि घात गरेको उनीहरूको आरोप रहेको छ । अनेरास्ववियूले ओलीको विरोधमा भक्तपुर र काठमाडौंमा पनि बयलगाडा प्रदर्शन गर्ने भएको छ ।

प्रतिगमनको विरुद्ध अनेरास्ववियूले भोलि सडक कविता, गीत र गजल कार्यक्रम गर्ने घोषणा गरिसकेको छ । त्यस्तै पुुस २८ गते सडक नाटक, सडक आर्ट र २९ गते सडकमा प्ले कार्डसहित कार्टुन प्रदर्शन गर्ने जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति