परराष्ट्र मन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने

काठमाडौं, २४ पुष । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते छिमेकी भारतको भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार धनगढीमा आयोजित आमसभा परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणका जान लागेको जानकारी दिएका हुन् ।

सम्बोधन क्रममा सुदूरपश्चिमको विकासबारे कुरा गर्दै प्रधानमन्त्री ओलीले सीमा नाकाको अवस्था सुधार हुनेसमेत बताए ।

कार्यक्रमा उनले भने, ‘हाम्रो परराष्ट्र मन्त्री भारत जाँदै हुनुहुन्छ। त्यतिबेला यसको बारे कुरा हुनेछ’ । केही समयदेखि काठमाडौं र नयाँदिल्लीमा परराष्ट्र मन्त्री ज्ञवालीको भ्रमणबारे तयारी भइरहे पनि दुबै देशले औपचारिक रूपमा जानकारी भने दिईएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति